विद्यालयमा प्रधानाध्यापक मृत भेटिए
काठमाडाैं | कात्तिक २०, २०८०
सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह मृत भेटिएका छन्।
प्रअ साह विद्यालयभित्रै मृत भेटिएका हुन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार साह मृत भेटिएको प्रहरीले जनाएको छ। मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि खोजी गरिएको थियो।
साहको शव विद्यालयमै फेला परेको हो। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

